ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेका छन् ।
चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेको छ । एक परिवार इलामको पशुपति बजार पुगेको छ । बाह्र परिवारले हिमपातसँगै जाडो छल्न गाउँ छाडेपछि १६ परिवार मात्र घुन्सा गाउँमा रहेको छ ।
घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सामा हिमाली शेर्पा समुदायको बसोबास छ ।
