भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

दुर्घटनामा बालिकाको मृत्यु, बुबाआमा घाइते

दुर्घटनामा बालिकाको मृत्यु, बुबाआमा घाइते

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् । काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइते बालिकाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते तामाङ दम्पती उपचारपछि घर फर्केका छन् ।

 


Thali Mobile Pvt.Ltd.