भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखका होटल व्यवसाय पूर्ण बन्द गर्न निर्देशन

दैलेखका होटल व्यवसाय पूर्ण बन्द गर्न निर्देशन

दैलेख । कोरोना भाइरसबाट बजार क्षेत्रका फेन्सी व्यवसायी र होटल व्यवसायी ठूलो संख्यामा संक्रमित हुँदै गएपछि जिल्ला प्रशासन कायार्लयले होटल, चियानास्ता पसल र रेष्टुरेष्टहरु तत्कालका लागि पूर्ण बन्द गर्ने निर्णय गरेको छ ।

संकट व्यवस्थापन संचालन केन्द्र, जिल्लागत संरचनाले संक्रमण पुष्टी भएका सबैखाले व्यवसाय गर्ने व्यवसायी र निजको परिवारका सदस्यहरु प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल, व्यवसाय र सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

कोरोना भाइरसका संक्रमणको जोखीम न्यूनिकरणका लागि फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्ड बमोजिम मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने तथा पसल बाहिर साबुनपानीले हात धुन समेत अनिवार्य रुपमा व्यवस्था मिलाउन निर्दशन दिएको हो ।

दशैमा घटस्थापनादेखी दशमीसम्म जिल्लाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा सर्वसाधारणको भिड अत्यधिक हुने भएकोले, कोरोना संक्रमणको फैलिदो जोखीमलाई मध्यनजर गर्दै जिल्लाका सम्पूर्ण स्थानीय तहहरुका सबै वडाहरुमा रहेका शक्तिपिठ तथा मन्दिरहरुमा पूजारीले गर्ने नित्य पूजा बाहेक बलिरबध तथा भीडभाड गरि दर्शन आदिका लगि प्रवेश गर्न नमिल्ने गरी निषेधित क्षेत्र कायम गरिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.