काठमाडौं । नेपाली कांग्रेसको दैलेख जिल्ला सभापतिमा पौडेल समूहका मणिराम रेग्मी निर्वाचित भएका छन्। संस्थापनइतर रेग्मीले ७९१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। दैलेखको उपसभापतिमा नवराज शाही र रिता कुमारी शाही निर्वाचित भएका छन्।
सचिवमा खेमराज वली र नारायण प्रसाद रेग्मी, सह–सचिवमा कनक बहादुर सेन, महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका घनश्याम भण्डारीले ७५४ मत प्राप्त गरेका थिए ।
