भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले स्थानीय हर्षित

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले स्थानीय हर्षित

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सहमति भएको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारत सहमत भएपछि अब निर्माणको काम अघि बढ्ने भन्दै स्थानीय आशावादी बनेका छन् ।

लामो समयदेखि सुक्खा बन्दरगाह चर्चामा मात्रै आइरहेको छ, अहिलेसम्म यसको केही काम अगाडि बढेको छैनु, दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय टीकाराम चन्दले भन्नुभयो, नेपाल र भारतबीच निर्माणको सम्झौता भएपछि अब निर्माण हुन्छ कि भन्ने आशा पलाएको छ । सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले तीन वर्षभित्र बनाउनेछ ।

सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गर्नुभएको थियो । बन्दरगाह निर्माणका लागि विसं २०६४ सालमै प्रस्ताव गरिएको थियो । प्रस्ताव भएको झन्डै १० वर्षपछि सरकारले निर्माण प्रक्रिया सुरु गरेको हो । सरकारले आउँदो आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण गरिने उल्लेख छ । भारतसँग सुक्खा बन्दरगाहका लागि सम्झौता एवं नीति तथा कार्यक्रममा समेटिएपछि यहाँका स्थानीयका साथै निजी क्षेत्रका व्यवसायी खुसी भएका छन् ।

सम्झौता अनुरुप समयावधिमै काम सम्पन्न गर्ने गरी निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने उहाँहरुको भनाइ छ । वर्षौँदेखि सुक्खा बन्दरगाह निर्माणमा सरकारले चासो देखाएको थिएन, यसपटक भारतसँग निर्माण सम्झौता हुनु खुसीको कुरा होु, उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले भन्नुभयो, निर्णय कार्यान्वयनमा जोड दिनुपर्छ । सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले दोधारा चाँदनीका मायापुरी र गौरीशङ्कर सामुदायिक वनको दुई सय ८० बिघा जमिन छनोट गरेको छ । यी दुई वनले वडा नं १, २ र ३ को भूभाग समेट्छन् ।

बन्दरगाह निर्माणका लागि अहिले वातावरणीय प्रभाव मूल्याङ्कन ईआईएको काम सम्पन्न भइसकेको छ । महाकाली नदीमा बनेको मोटरेबल पुल, छ लेनको सडक लगायतका पूर्वाधारले बन्दरगाह निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतीय पक्षले दोधारा चाँदनी–१ गडिगोठसम्म बन्दरगाहका लागि पहुँचमार्गको ट्र्याकसमेत खोलेको छ । ट्र्याक खोलिएसँगै अब पहुँचमार्ग कालोपत्रको काम अगाडि बढ्ने छ । यो मार्गले नेपाल र भारतलाई व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने छ ।

दुई दशकअघिदेखि चर्चामा रहेको बन्दरगाह निर्माणस्थलको गएको फागुन १ गते प्रधानमन्त्री प्रचण्डले निरीक्षण गर्नुभएको थियो । तीन वर्षमा बन्दरगाह निर्माण गर्ने गरी भारतसँग सम्झौता गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको थियो । दोधारा चाँदनीमा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिक रूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने तथा यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.