भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दोलखा जिप दुर्घटनामा चालकको मृत्यु

दोलखा जिप दुर्घटनामा चालकको मृत्यु

दोलखा । बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा बोलेरो गाडी दुर्घटनामापरि चालकको मृत्यु भएको छ । गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो ।

बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा वा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु– ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.