भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

धनकुटाको लेउती र गर्जुवा गाउँ उच्च जोखिममा

धनकुटाको लेउती र गर्जुवा गाउँ उच्च जोखिममा

६ साउन २०७७ धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका–७ गर्जुवा गाउँ जोखिममा परेको छ । निरन्तरको वर्षाका कारण धनकुटाको लेउती र गर्जुवा खोलामा बाढी आउँदा गाउँपालिकाको गर्जुवा गाउँको बस्ती जोखिममा परेको हो ।

खोलामा आएको बाढीले घर नजिकै छेउको जमीन समेत कटान गरेपछि बस्ती जोखिममा परेको प्रहरीले जनाएको छ । गर्जुवा खोलामा माटोसहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत अवरुद्ध गरेको छ ।

पानी पर्नेबित्तिकै गर्जुवाको शीरमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.