भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तनहुँमा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

तनहुँमा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

६ साउन २०७७ तनहुँ । अविरल वर्षाका कारण तनहुँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । भानु नगरपालिका–९ सिमलगैह्रामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

तनहुँकै मनोज धौलारीको घर पहिरोले बगाउँदा दुवै जना बेपत्ता भएका छन् भने मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालय तनहँले जनाएको छ । एकसाताको अवधिमा पहिरोले पुरिएर तनहुँमा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।

व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको जनाइएको छ । व्यासका एक जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सोमबारको पहिरोमा बेपत्तामध्ये शिताष्माको उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटोमा निधन हुनुका साथै तिलमायाको घटनास्थलबाटै शव निकालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.