भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

गलेश्वर । पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । करिब एक दशकअघि पहिचान भएको यो पदमार्ग सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको यस क्षेत्रको सम्भावनायुक्त पदमार्ग हो । रघुगङ्गा गाउँपालिकाको रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मका खैरो खोला, फेदी खोला, सेतिने खोला, सरल धारा र काती बरहा खोलामा पुल नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको चिमखोलाका गमबहादुर पुनले बताउनुभयो ।

“धौलागिरि आइसफल पुग्न पर्यटक आए पनि खोलामा साँघुको भरमा तुर्नुपर्छ”, उहाँले भन्नुभयो । आइसफल पुग्न ठाउँठाउँमा पदमार्ग निमार्णले सहज भए पनि खोलामा पुल नहुँदा यात्रामा असहज भएको धौलागिरि आइसफलको यात्राका लागि काठमाडौँदेखि आउनुभएकी सविना ढकालले बताउनुभयोे । “अरु बाटोमा त जेनतेन हिडियो खोलामा निकै गाह्रो भयो, केही खोलामा त यहाँका स्थानीय दाइहरुले बोकेर नै तार्दिनुभयो”, उहाँले भन्नुभयो । “यो आइसफललाई पर्यटकीय गन्तव्य बनाउन पहिला खोलामा पुल हाल्न आवश्यक देखियो ।

रघुगङ्गा गाउँपालिकाका अधिकांश वडालाई समेटेको यस पदमार्गलाई व्यवस्थितरुपमा सञ्चालनमा ल्याउन गाउँपालिकाले ९ विस्तृत परियोजना प्रतिवेदन ० डिपिआर तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “कहाँ–कहाँ के पूर्वाधार बनाउने भनेर डिपिआर भएको छ, त्यसको रिपोर्ट आयो भने सम्बन्धित निकाय र मन्त्रालयमा प्रस्ताव पेश गर्छौं”, अधिकृत सुवेदीले भन्नुभयो ।

चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्गले यात्रामा सहज भए पनि खोलामा पुलको समस्या देखिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । स्थानीयले पदमार्गअन्तर्गत कोखेभिरमा डोरीको सहायताले पदमार्ग निर्माण गरिरहेका छन् । कोखेभिरसँगै पापीधर्मी भिरमा ३०० मिटर बढी कडा पहाडलाई कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको अध्यक्ष भण्डारीले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.