भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नवनियुक्त निर्वाचन आयुक्तको शपथ

नवनियुक्त निर्वाचन आयुक्तको शपथ

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिनुभएको हो । निर्वाचन आयुक्त राणाले आजै पदबहाली गर्नुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ । हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि सवैधानिक व्यवस्थानुरुप उहाँको शपथ र पदबहाली भएको हो ।

 


Thali Mobile Pvt.Ltd.