भर्खरै : Sorry, your browser does not support inline SVG.
युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह | ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति |

निर्वाचन सम्पन्न गराएकामा सरकारलाई आयोगको धन्यवाद

निर्वाचन सम्पन्न गराएकामा सरकारलाई आयोगको धन्यवाद

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा तीनै तहका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा संलग्न भई महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवारलगायतलाई धन्यवाद दिएको हो ।

आयोगले निर्वाचनमा भाग लिई मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सूचना, सञ्चार र समाचारमार्फत निरन्तर सकारात्मक खबरदारी गर्ने, मतदातालाई सुसूचित गरी निर्वाचनको कार्यमा सरिक हुन प्रेरित गर्ने तथा निर्वाचनका गतिविधिहरूको निरन्तर रिपोर्टिङ गर्ने आमसञ्चारमाध्यम एवं सञ्चारकर्मीप्रति आयोगले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.