भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निषेधाज्ञामा जारी छ निर्माणका काम

निषेधाज्ञामा जारी छ निर्माणका काम

बागलुङ । मर्मत अभावमा जीर्ण बनेका बागलुङ नगर क्षेत्रका सडकको सुधारलाई तीव्रता दिइएको छ । सडक बोर्ड नेपाल र नगरपालिकाको लागत साझेदारीमा सडक मर्मत सुधारको काम भइरहेको हो । निषेधाज्ञाबीच पहिलो चरणमा सदरमुकामभित्रका सडकमा काम भइरहेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र १४ वटै वडाका पक्की सडकमा मर्मत सुधारको काम हुने इञ्जीनियर मनोज शर्माले बताउनुभयो ।

उहाँका अनुसार यस योजनाका लागि बोर्डको रु ९२ लाखमा नगरपालिकाको ३५ प्रतिशत थप लागत परेको छ । बोलपत्रमार्फत आरएस निर्माण सेवाले कामको जिम्मा पाएको थियो । “बजारपछि ग्रामीण भेगका सडकको मर्मत शुरु हुन्छ”, इञ्जीनियर शर्माले भन्नुभयो । यसअघि कालोपत्र भएर पनि भत्केका, खाल्डाखुल्डी परेका सडकको मात्र मर्मत गरिने निर्माण व्यवसायी राजिन खड्काले बताउनुभयो ।

“क्षतविक्षत नै भएको, धेरै बिग्रेको ठाउँमा कालोपत्र नै हुन्छ, कतै खाल्डाखुल्डी पुरेर सामान्य मर्मत मात्र गरिन्छ”, उहाँले भन्नुभयो । वडा नं २ को अदालतचोकबाट–धवलागिरि अस्पताल र गोदामघरबाट सिर्जनाटोलसम्मको सडक कालोपत्र भइसकेको छ । बेलैमा मर्मत नहुँदा ती सडक जीर्ण बनेका थिए । कालोपत्र भत्केर सडकभरि खाल्डैखाल्डा थिए । गोल्डेनगेट चोक, ट्राफिक चोकको घुम्तीबाट मगर सङ्घको कार्यालय जोड्ने सडक पनि मर्मतकै चरणमा छ ।

वडाध्यक्ष जीवन आचार्यले सदरमुकामका भित्री सडक, चोक सुधारले पनि गति लिएको बताउनुभयो । “वडा नं २ भित्र मात्रै झण्डै रु ५० लाख बजेटबाट यो काम हुँदैछ”, उहाँले भन्नुभयो, “कुनै सडक बोर्डअन्तर्गत कुनै वडास्तरका योजना छन् ।” यसअघि पनि सडक विस्तार, मर्मत, जीर्ण पाल, तार हटाउनेलगायत बजार व्यवस्थापनका काम गरिएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

गत वर्ष भूपि शरेचनचोक–किरानाटोल, धवलागिरि बहुमुखी क्याम्पसको पश्चिम गेटबाट गोल्डेनगेट चोक र वीरेन्द्र–ऐश्वर्य उद्यान आसपासको सडक चौडा पारिएको थियो । सडक विस्तारपछि घन्चमन्च सवारी गुड्ने, मोडिन नसकी बस÷ट्रक चोकमै अड्कने स्थितिबाट केही छुट्कारा मिलेको छ । सडक फराकिलो बन्दा पैदलयात्रीको आउजाउ पनि सहजउन्मुख छ ।

वडा नं ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना महामारीका कारण जारी निषेधाज्ञाबीच पनि सार्वजनिक निर्माणका काम नरोकिएको बताउनुभयो । आव आखिरतिर आएकाले पनि योजनाको काम बेलैमा सक्नुपर्ने स्थिति छ । “धेरै सडक, नालीका योजना छन्, अहिले धमाधम काम भइरहेको छ”, उहाँले भन्नुभयो । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत गहतेबाट बोक्सेको खाल्डोसम्म सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको उहाँको भनाइ छ ।

उक्त योजनाका लागि रु ५० लाख बजेट छ । सडक मर्मत सुधार योजनाले वर्षेनी निरन्तरता पाएपछि बागलुङ बजारले क्रमशः मुहार फेर्दैछ । बजार व्यवस्थापन र यसको सौन्दर्यीकरणमा नगरपालिकाले लगानी बढाउँदै लगेको छ । जिल्लाका अन्य स्थानीय तह पनि यतिबेला चालु योजनाको कार्यान्वयनसँगै आउँदो आवका लागि योजना छनोटको तयारीमा जुटेका छन् । महामारीका कारण बस्तीस्तरमा पुगेर तर्जुमा गर्न नसकिने भएपछि वडा कार्यालयहरूले फोन या अरु माध्यमबाट योजना टिपाउन÷पठाउन आग्रह गरेका छन् । असार १० गते सबै स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.