काठमाण्डौ । नवलपरासी पश्चिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको बस नवलपरासी पश्चिममा दुर्घटना भएको हो । दुघर्टनामा घाइते भएर भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको जनाएको छ ।
दाउन्नेको जंगल खुर्सानीखोलाबाट ना ५ ख २७१३ नम्बरको बस खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको र केही घाइते भएको प्रहरीले जनाएको छ । ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको जनाइएको छ । ।
