काठमाडौँ । आधिकारिक कम्युनिस्ट पार्टी कुन हो भन्ने औपचारिक नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने काँग्रेसले निर्णय गरेको छ ।
देउवा निवासमा विहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफलपछि नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म समर्थन नगर्ने निर्णय गरेको हो ।
अहिले सम्म संसदीय दलको नेता ओली नै भएकाले परिस्थिति कस्को पक्षमा हुन्छ भन्ने टुंगो लागेपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने काँग्रेसले जनाएको छ ।
