भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

नेपालगञ्जका स्थानीय तर सिल, संक्रमित संख्या १६ पुग्याे

नेपालगञ्जका स्थानीय तर सिल, संक्रमित संख्या १६ पुग्याे

२२ बैशाख २०७७ बाँके । नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित १६ जना पुगेपछि नागरिकमा त्रास फैलिएको छ । संक्रमित बढ्दै गएपछि स्थानीय तह धमाधम सिल गरिदैछन् । कोरोनाका बिरामी एकाएक थपिँदै गएपछि सम्भावित क्षेत्रको पहिचान गरी प्रशासनले चार ठाउँमा सिल गरिसकेको छ ।

सिल गरिएका क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन समेत नदिने र बाहिरका व्‍यक्तिलाई सो क्षेत्रमा जान नपाइने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जनाएका छन् । एउटै समुदायका १५ जनामा कोरोना संक्रमण भएपछि प्रशासनले हिँड्डुलमा कडाई गरेकै बेला नेपालगन्जका सर्वसाधारणले बाहिरबाट आउनेलाई प्रवेश निषेध गरेका छन्।

सुरक्षाकर्मी परिचालन गरिएको छ भने आ–आफ्नो टोलको मुख्य प्रवेशद्वारमा बार लगाएर प्रवेशमा रोक लगाइएको छ । तरकारी, फलफूल, दूध बिक्री गर्न आउनेलाई समेत प्रवेश निषेध गरिएको समावेशी टोलका कुलाराम थारूले बताए । मान्छेको अनुहार हेरेर कोरोना थाहा पाउन नसकिने भन्दै टोल बाहेकका ब्यक्ति प्रवेश गर्न नदिन डोरी र तारको बार लगाएको उनको भनाई छ ।

प्रशासनले खजुरा र कोहलपुरका चार वटै नाका सिल गरे पनि जनप्रतिनिधिले स्थानीय तह र वडालाई नै सिल गरेर मतदाता सुरक्षित बनाउने अभियान थालेका छन् । गाउँपालिकाले सोमवारदेखि चार वटै किल्लाबाट आवतजावत रोक लगाएको हो ।

दक्षिणतर्फको नाका भारतबाट आउने सडक, पश्चिममा मानखोला, उत्तरमा बैजनाथ गाउँपालिकाबाट आउने सडक र पूर्वतर्फ नेपालगन्ज–गुलरिया सडक खण्डको कपास विकास समितिको पुलबाट गाउँपालिकालाई सिल गरिएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

यस्तै कोहलपुर नगरपालिकाले चारैतिरको नाका सिल गर्ने जनाएको छ । कोरोनाबाट जोगाउन पहिलदेखि नै नगरभित्र प्रवेशमा कडाई गरिएको भन्दै अब पूर्ण रुपमा निषेध गरिने मेयर लुटबहादुर रावतले बताए । हवलदारपुरमा बेरियल लगाएर प्रवेशमा कडाई गरेको छ भने रत्न राजमार्ग र महेन्द्र राजमार्ग पर्ने भएकोले आउजाउ रोक्न समस्या भएको उनको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ पनि सिल गरिएको छ । वडामा आउजाउ गर्न नपाइने गरि सिल गरिएको वडा अध्यक्ष प्रमोद रिजालले बताए। वडामा कोरोनाका बिरामी फेला पर्न थालेपछि सजगता अपनाएको उनको भनाइ छ ।

सिल गरिएको ठाँउमा आउजाउ गरे आर्थिक जरिवाना र भौतिक कारबाही गरिने कोहलपुर नगरपालिका–१४, भिखारीपूर्वाका बासिन्दाले बताएका छन् । यादव समुदायको बाक्लो बस्ती रहेको सो गाउँको पश्चिमीद्वारमा स्थानीयले डोरी र रिबनको बार लगाएर प्रवेश निषेध गराएका छन् ।

 


Thali Mobile Pvt.Ltd.