भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाली कांग्रेस प्रदेश अधिवेशन होमियो

नेपाली कांग्रेस प्रदेश अधिवेशन होमियो

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिकिएसंगै आजदेखि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमा होमिएको छ । अधिवेशन आज शुक्रबारबाट सुरुहुदै छ । देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन हुन लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेस केन्द्रीय महाधिवेशन यहि २४–२६ मंसिरमा काठमाडौँमा हुदैछ । सर्लाही, सिन्धुपाल्चोक र रसुवाका वडा र गाउँपालिका तहमा बाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताए ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ । प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिने काँग्रेसले जनाएको छ।कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।

सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् भने जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल माथि हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.