काठमाडौं । दिपा तामाङको भोकल रहेको ‘नेपाल प्यारो छ’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । हिमाल, पहाड, तराईको भू-धरातल समेटेर तयार पारिएको यो म्युजिक भिडियोमा नेपालका पर्यटकीय सम्भावना भएका स्थान र ती स्थानमा भएका चराचुरुङ्गीको सोभाले सुन्दर नेपालको परिदृश्य समेटिएको छ ।
सुन्दर नेपालका बस्तीहरु घुम्नका लागि पर्यटकलाई समेत घुम्नलाई हौस्याई रहेको छ । अमाशी उर्वान राईको लय, शव्द संगीत र निर्देशन रहेको यस भिडियोमा विदेशीएका नेपालीलाई नेपाल प्रतिको माया झन गाढा तरीकाले प्रस्तुत गरिएको छ ।
तस्बीरमा...


आफु जन्मिएको भूमी कदापी भुल्न नसकिने कुरा मार्मिक ढंगले प्रस्तुत गरिएको यस म्यूजिक भिडियोमा सहास शाक्यले संगीत संयोजन गरेका छन् । जेनिशा गुरुङ्ग र रोमा राईको अभिनय रहेको यस भिडियोमा बाल कलाकारको बेजेड प्रस्तुति देखाईएको छ ।
भिडियो हेर्न यहाँ थिच्नुहोस्…

