भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पक्षाघात बालबालिकाका लागि खाद्यान्न सहयोग

पक्षाघात बालबालिकाका लागि खाद्यान्न सहयोग

गण्डकी । पोखरा फोटोग्रफर सङ्घ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा सङ्कलन भएको रकम रु १७ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो । उपसमितिले एक वर्षसम्मको अवधिमा सङ्कलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पूर्णकुमारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसको असहज परिस्थितिमा पनि सङ्घमा आबद्ध दिदीबहिनीबाट अन्य खर्च कटाएर सङ्कलन गरेको रकम मस्तिस्क पक्षघात भएका बालबालिकालाई प्रदान गरिएको हो ।

मस्तिष्क पक्षाघातका कारण असहज परिस्थितिमा परेका बालबालिकाका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने साथी संसार नेपालका खुमकुमारी रानाको भनाइ छ । सो अवसरमा सङ्घका सदस्य नन्दकला पौडेल, पोखरा फोटोग्राफर सङ्घका निवर्तमान अध्यक्ष तुल्सीराम अधिकारीलगायतले फरक क्षमता भएका बालबालिकाका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.