भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पत्रकारलाई धम्की दिनेलाई कानुनी कारबाही गर्नुपर्ने माग

पत्रकारलाई धम्की दिनेलाई कानुनी कारबाही गर्नुपर्ने माग

काठमाडौँ, । नेपाल पत्रकार महासङ्घले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजनिक रूपमा धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भएको महासङ्घको भनाइ छ । महासङ्घ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईंले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न २०७८ माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए ।

महासङ्घले विज्ञप्ति जारी गरी पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । “कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ, यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो”, महासङ्घको विज्ञप्तिमा भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.