भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ भएको छ । आइतबार धमलालाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि उनी काठमाडौंस्थित घरमै आइसोलेसनमा बसेका छन् । धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिए ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ लाख ९४ हजार ४ सय ५३ जना संक्रमितमध्ये १६ हजार ३१ जना वृद्धवृद्धामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने ६ हजार ३ सय १० महिला र ९ हजार ७ सय २१ पुरुष रहेका छन् ।

६१ वर्षदेखि ७० वर्ष उमेर समूहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन् । यो उमेर समूहका ९ हजार ५ सय ५१ जना रहेका छन्। त्यस्तै ७१ देखि ८० वर्ष उमेर समूहका ४ हजार ६ सय १७ र ८० वर्षभन्दा माथिका १ हजार ८ सय ६३ जना वृद्धवृद्धा संक्रमित भएको तथ्यांक छ। संक्रमित हुने वृद्धवृद्धा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.