विराटनगर । मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका कोभिड अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमित तीन जनको सोमबार मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको अस्पताले जनाएको छ।
कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो। सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको असपताले जनाएको छ ।

