भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट सञ्चार सेवाबाट वञ्चित

रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट सञ्चार सेवाबाट वञ्चित

जाजरकोट । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो । टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ । सल्लाभीरमा टावर हेर्नका लागि कुनै पनि व्यवस्था नहुँदा पटकपटक समस्या आउने गरेको छ ।

नयाँ निर्माण गर्ने भनिएका टावर समयमै निर्माण नहुँदा अर्को समस्या हुँदै आएको हो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । रुकुम–पश्चिमको घेत्मा रहेको टावरलाई सल्लाभीरकै टावरले सिग्नल दिने भएकाले त्यहाँ अवरुद्ध भएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.