भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

पहिरोको जोखिममा रहेका जाजरकोटको च्याउपानीका बासिन्दालाई सुरक्षित ठाउँमा सारियो

पहिरोको जोखिममा रहेका जाजरकोटको च्याउपानीका बासिन्दालाई सुरक्षित ठाउँमा सारियो

सुर्खेत । सरकारले भूकम्पका कारण पहिरोको जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका.१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको छ । गएको कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछि च्याउपानीमा बस्न जोखिम भएको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा गाउँका ११ वटा परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । छ वटा परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताउए ।

त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.