२५ साउन २०७७ बझाङ । पहिरोमा बेपत्ता भएका युवक २८ दिनपछि मृत फेला परेको छन् ।
असार १९ गते राति केदारस्यु गाउँपालिका वडा नम्वर ८ मल्लेसीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय गिरीराज जेठाराको आज शव फेला परेको हो ।
पहिरो गएको स्थानबाट ८ मिटर तल शव फेला परेको हो । तीन दिनसम्म खोजतलास गरेपनि फेला पार्न नसकेर सबै फर्किएका थिए।शव फेला नपर्दा दाहसंस्कार समेत गर्न रोकिएको थियो । पहिरोपछि बस्तीका २२ घरपरिवार पुर्णरुपमा विस्थापित भएका छन् ।
