भर्खरै : Sorry, your browser does not support inline SVG.

पहिरो पन्छाउन नसक्दा नवलपुरको कुम्सोत–पोखरी सडक पाँच दिनदेखि अवरुद्ध

पहिरो पन्छाउन नसक्दा नवलपुरको कुम्सोत–पोखरी सडक पाँच दिनदेखि अवरुद्ध

नवलपरासी । पहिरो पन्छाउन नसक्दा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । दलदले–कुम्सोत–पोखरी अन्तर्गत कुम्सोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले गएको बिहीवारदेखि सदरमुकामसँग नवलपुरका पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको जानकारी दिनुभयो ।

नवलपुरको बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकामा यो सडक हुँदै गाडी ओहोदोहोर गर्नेगर्छन् । पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको पौडेलले बताउनुभयो । पहिरो पन्छाउन निरन्तर प्रयास भइरहेको छ, तर विभिन्न क्षेत्रमा धेरै पहिरो खसेको छ, पानी पर्ने र पहिरो झर्ने क्रम पनि रोकिएको छैन, यसैले पहिरो पन्छाउन समस्या भएको छु, उहाँले भन्नुभयो ।

दलदले–कुम्सोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्ग्रे र पोखरी खण्डमा खसेको पहिरो हटाउन समस्या भएको उहाँले बताउनुभयो । पोखरीबाट डेढगाउँ जाने खण्डमा समेत यातायात सञ्चालन हुनसकेको छैनन्। पहिरोले बाटो बन्द भएपछि जिल्लाको सदरमुकाममा कुनै अत्यावश्यक काम परे डेढगाउँ–भिमाद–खैरेनी–मुग्लिङ–नारायणगढ हुँदै घुमेर आउनुपर्ने बाध्यता रहेको बौदीकाली–५ बबकका स्थानीय गेसबहादुर श्रेष्ठले बताउनुभयो ।

कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–बुलिङटार खण्डसमेत पहिरोले अवरुद्ध हुँदा थप समस्या भएको उहाँले बताउनु भयो । नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि वर्षायाममा बाटो पहिरोले बन्द हुँदा यस क्षेत्रका बासिन्दा समस्यामा पर्ने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.