भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

पाँच दलीय गठबन्धन आगामी चुनावसम्मै रहन्छ : गृहमन्त्री खाँण

पाँच दलीय गठबन्धन आगामी चुनावसम्मै रहन्छ : गृहमन्त्री खाँण

गुल्मी । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन सरकार संघीय निर्वाचनसम्म नै कायम रहने बताएका छन् ।

राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने बताएका हुन् ।

त्यस्तै मन्त्री खाँणले काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने बताउँदै ढुक्कसंग काम गर्न अनुरोध गरे । मन्त्री खाँणले भूमिहीनहरूलाई भूमिको मालिक बनाउने यस पवित्र कार्यमा यो त्यो नभनी काम गर्नसमेत उनले आग्रह गरे ।

मन्त्री खाँणले काम गर्न क्रममा बजेट र सुरक्षाको कुनै कमी नहुने भन्दै मन्त्री खाँणले परिणाम देखिने गरी काम गर्न भूमिहीनहरुको समस्या समाधान गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका जिल्लाका पदाधिकारीहरू, आयोगका पदाधिकारी लगायतको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.