भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

पार्टीको लोकप्रियता कम भएपनि चुनाव जित्ने पुटिनको दाबी

पार्टीको लोकप्रियता कम भएपनि चुनाव जित्ने पुटिनको दाबी

मस्को । रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण गर्नु भएको हो । उहाँले यस पार्टीलाई प्रमुख संसदीय शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित स्थापना गर्नु भएको थियो ।

वर्तमान रुसी सत्ताको सबैभन्दा चर्को आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएपछि युनाइटेड रसिया पार्टीमाथि उहाँले तिब्र आक्रोश जनाउनु भएको छ । त्यसलगत्तै नाभाल्नीको पार्टीका देशभरका राजनीतिक कार्यालयहरु तोडफोड गरियो । युनाइटेड रसिया पार्टीलाई बहुमत जनताको समर्थन रहेको दाबी गरे पनि यस पार्टीप्रति आम जनताको समर्थन खस्कदै गएपछि सत्तारुढ नेताहरुलाई टाउको दुखाई भएको छ ।

आफ्नो छविमा सुधार ल्याउन राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा लोकप्रिय मन्त्रीहरु – विदेश मन्त्री सर्गेई लाभरोभ र रक्षा मन्त्री सेर्गेई शोइगुलाई पार्टीे अभियानको नेतृत्व गर्ने जिम्मा दिनु भएको छ । सर्वेक्षणहरुले यस पटकको संसदीय निर्वाचनमा ३० प्रतिशतभन्दा कम मात्र मतदान हुने देखाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.