काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम खेल हुँदैछन् ।समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच भिडन्त हुँदैछ ।
समूह ए बाट एपीएफ र आर्मी यसअघि नै लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेकोले यस खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ ।
यस्तै समूह बीबाट बागमति प्रदेश ४ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ । त्यसैले पुलिस र प्रदेश २ बीचको खेलबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।
