भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पुनःनिर्माणका अनुभव र सिकाइसम्बन्धी कार्यपत्रमाथि छलफल

पुनःनिर्माणका अनुभव र सिकाइसम्बन्धी कार्यपत्रमाथि छलफल

काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हासिल गरेका अनुभव तथा सिकाइबारे तीन विषयका अनुभवमाथि छलफल गरिएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको संस्थागत पत्रको तयारीका सिलसिलामा बनाइएको प्रारम्भिक खाकामा मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको दुई दिने वेबिनारमा निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक तथा सरकारी भवन एवं पूर्वाधार पुनःनिर्माणमा हासिल भएका अनुभव आदानप्रदान गरी त्यसमाथि टिप्पणी गरिएको हो ।

सार्वजनिक भवन एवं पूर्वाधार पुनःनिर्माण खासगरी ठूला सार्वजनिक संरचना, अस्पताल, सरकारी तथा सुरक्षा निकायका भवन, सडक तथा पुल, विद्यालय तथा सरकारी कार्यालयको पुनःनिर्माणमा प्राप्त अनुभव तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।  ती विषयमाथि क्रमशः पुनःनिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्याल, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० का आयोजना उपनिर्देशक अमृत श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का आयोजना उपनिर्देशक डा युवराज पौडेल र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन० का आयोजना उपनिर्देशक राजु न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्रमाथि चीनले सहयोग गरिरहेका पुनःनिर्माण परियोजनामा संलग्न चिनियाँ विज्ञ लु यिन, जाइकाका कृष्ण लम्साल र स्वतन्त्र विज्ञ पूर्णप्रसाद कडरियाले टिप्पणी गर्नुभएको थियो । तेस्रो सत्रको अध्यक्षता प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुलीले गर्नुभएको थियो ।  निजी अवास पुनःनिर्माणसम्बन्धी कार्यपत्र प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभयो । कार्यपत्रमा डा श्रेष्ठले ग्रामीण क्षेत्रमा निजी आवास पुनःनिर्माणको प्रगति उत्साहजनक भए पनि शहरी क्षेत्रमा जग्गा तथा आर्थिक अवस्था कारण तुलनात्मकरुपमा कम रहेको उल्लेख गर्नुभएको छ ।  श्रेष्ठको कार्यपत्रमाथि विश्व बैंकका कामरान अकवर, पुनःनिर्माण विज्ञ नाइजल फिसर, जाइकाका रामप्रसाद भण्डारी, स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञ म्यागी स्टेफेनसनले टिप्प्णी गर्नुभएको थियो ।

सम्पदा सत्रमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनःनिर्माणको पछिल्लो अवस्था एवं अनुभव संलग्न गरेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही विषयमा काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट ९केभिपिटी० का रोहित रञ्जितकारले पनि विश्व सम्पदा सूचीका सम्पदाको क्षति र पुनःनिर्माणको अवस्थाबारे कार्यपत्र पेश गर्नुभयो । सांस्कृतिक सम्पदाका दुवै कार्यपत्रमाथि युनेस्कोका क्रिस्टियन म्यानहर्ट, सम्पदा विज्ञ रोहित जिज्ञासु, सम्पदा विज्ञ प्रा डा सुदर्शनराज तिवारीले टिप्पणी गर्नुभयो । चीनको सहयोगमा पुनःनिर्माण भइरहेका नौतले दरबारमा संलग्न चिनियाँ सम्पदा विज्ञ क्वाओ क्वानरुले पनि टिप्पणी गर्दै नेपालको सम्पदा पुनःनिर्माणमा प्राप्त अनुभव सुनाउनुभएको थियो । दोस्रो सत्रको अध्यक्षता प्राधिकरणका निर्देशक समिति सदस्य एवं पूर्वसचिव किशोर थापाले गर्नुभएको थियो ।

बेविनारको उद्घाटन गर्दै प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विज्ञ तथा अभ्यासकर्ताको सुझावले कम्पेडियमलाई पूर्णता दिन मद्दत मिल्ने उल्लेख गर्नुभयो । त्यसक्रममा उहाँले प्राधिकरणले विभिन्न दस्तावेजमार्फत पुनःनिर्माणका अनुभव र सिकाइ अभिलेख गर्न लागिरहेको जानकारी पनि दिनुभयो । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतका अनुभव र सिकाइका आधारमा पुनःस्थापना र पुनःनिर्माणका बाँकी काम अगाडि बढाइने बताउनुभयो । प्राधिकरणले आगामी वर्ष आयोजना गर्ने नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने गरी सातवटा विषयगत क्षेत्रमा ‘कम्पेण्डियम’ तयार गरिरहेको छ ।

ब्ेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पुनःनिर्माण र पुनःस्थापनाका अभ्यासकर्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता छ । दोस्रो दिन आज जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुतीकरणमा ती कार्यपत्रमाथि छलफल हुनेछ । प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनःनिर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको सम्बन्धमा पनि सुझाव सङ्कलन गरिनेछ ।  रासस

 


Thali Mobile Pvt.Ltd.