काठमाडौं । सरकार विरुद्धको प्रदर्शनमा पेरुमा १८ जनाको मृत्यु भएको छ । पेरुका पूर्वराष्ट्रपति पेद्रो कास्टिलोको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको हो । घटनामा छ । घटनमा प्रदर्शनमा सहभागि ३८ प्रदर्शनकारी पक्राउ परेका छन् भने प्रदर्शनका क्रममा १ सय भन्दा बढी प्रदर्शनकारीहरू घाइते भएको जनाइएको छ ।
प्रदर्शनकारीले केही दिन अघि मात्र पदभार ग्रहण गरेकी राष्ट्रपति डिना बोलुआर्तेको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
कास्टिलोका हजारौं समर्थकले पेरुमा राष्ट्रपतिय निर्वाचन र उनको रिहाईको माग गर्दै ब्यापक प्रदर्शन गरेपछि राजधानी लिमा लगायतका शहरहरुमा कर्फ्यू आदेश समेत जारी गरिएको छ ।
संसद विघटन गर्ने प्रयास गरेको भन्दै महाअभियोग लगाएर पद मुक्त गरिएका पूर्वराष्ट्रपति कास्टिलो पेरुको कारागारमा रहेका छन् । प्रदर्शनकारीहरुले राजधानीमा रहेको बिमानस्थलमा समेत प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन गरेको बल प्रयोगपछि भएको झडपमा प्रदर्शनकारीको मृत्यु भएको हो ।
