भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

पोखरा नगरसभामा विभेदको विरोध

पोखरा नगरसभामा विभेदको विरोध

गण्डकी । दलित महिला सदस्यमाथि जातीय दुव्र्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।मङ्गलबार सुरु भएको महानगरपालिकाको १२औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन् ।गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहनुभएको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर जातीय विभेदविरुद्ध लेखिएका पर्चा देखाएका थिए । उनीहरूले महानगरप्रमुख धनराज आचार्यलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।

समारोहमा समय लिएर बोल्दै नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्माले जातीय विभेद झल्कने गरी वडाध्यक्ष अधिकारीले दलित महिला सदस्यमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको बताउनुभयो । उहाँले उक्त दुव्र्यवहारको घटना भत्सर्नायोग्य रहेको भन्दै पीडितले न्याय र पीडिकले सजाय पाउनुपर्ने धारणा राख्नुभयो ।यही पुस १८ गते वडाको चालु आवको लक्षित बजेट विनियोजनका विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारीले वडासदस्य नेपालीमाथि जातीय आधारमा भेदभावजन्य व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।उक्त घटनालाई लिएर नगरसभा सदस्य नै विरोधमा उत्रेपछि केहीबेर नगरसभा प्रभावित बनेको थियो । आफूमाथि जातीय भेदभाव र दुव्र्यवहार भएको भन्दै वडासदस्य नेपालीले दिएको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष अधिकारीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.