भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक केही समयपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ । आजबाट उक्त सभाको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको हो ।

सम्भावित कार्यसूची अनुसार बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आफ्नो वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । संसद् सचिवालका अनुसार बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रचण्ड भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएको गैरजिम्मेवार र राष्ट्रहित विपरित भएकाले संसदमा जवाफ माग गर्ने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.