भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

प्रदेश प्रमुख अधिकारीसमक्ष अख्तियार दुरुपयोग प्रतिवेदन हस्तान्तरण

प्रदेश प्रमुख अधिकारीसमक्ष अख्तियार दुरुपयोग प्रतिवेदन हस्तान्तरण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष अख्तियार दुरुपयोग आयोगको ३०औँ वार्षिक प्रतिवेदन आज यहाँ हस्तान्तरण गरियो । प्रदेश प्रमुख अधिकारीसमक्ष नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आयोगको आव २०७६÷७७ को वार्षिक प्रतिवेदन आयोगका इटहरी प्रदेश कार्यालयका प्रमुख प्रकाश पौडेलले हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रदेश प्रमुख अधिकारीले मुलुकलाई अनुशासित कायम गर्न आयोगको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै यथार्थताभित्र रही विधिमार्फत अनुसन्धानलाई गति दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आयोग बढी मिहिनेत, खोज, अनुसन्धान, होसियारी एवं गम्भीररुपमा कार्य गर्ने गरेकाले यसको कार्य नेतादेखि कर्मचारी, व्यक्तिलगायत जनसुधारको सरोकारवाला संस्था भएको बताउनुभयो । उहाँले आयोग मुलुकको भ्रष्टाचार नियन्त्रणमा निगरानी गर्ने संस्था भएकाले यसले आफ्नो कार्यमार्फत दूधको दूध र पानी छुट्याउ सफलता प्राप्त गर्न सक्षम रहेको धारणा राख्नुभयो । आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले स्थानीय विकास निर्माणमा अख्तियार दुरुपयोगको उजुरी अधिकांश आउने गरेको जानकारी दिँदै बैंकिङ प्रणाली नभएको स्थानमा सरकारी रकमको दुरुपयोग हुने गरेको बताउनुभयो ।

आयोगमा आव २०७६÷७७ मा दर्ता भएका एक हजार १७ उजूरीमध्ये सबैभन्दा बढी सुनसरी जिल्लाको २३६ रहेको छ भने समग्ररुपमा उजूरी फछ्र्यौट ४४ दशमलव तीन प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी क्षेत्रगत निकायअन्तर्गत सबैभन्दा बढी सङ्घीय मामिला ९स्थानीय तह समेत० मा ३० दशमलव सात प्रतिशत उजूरी दर्ता भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.