भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रधानन्यायाधीशलाई बारको १५ दिनको अल्टिमेटम

प्रधानन्यायाधीशलाई बारको १५ दिनको अल्टिमेटम

नेपाल बार एसोसियशनले प्रधानन्यायाधीशका गतिविधिप्रति असन्तुष्टि जनाउँदै न्यायालयको सुधारको काम सुरु गर्न १५ दिनको अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विवादास्पद कदमले न्यायालयको स्वतन्त्रता, गरिमा र विश्वसनीयता सङ्कटमा परेको भन्दै बारले १५ दिने अल्टिमेटम दिएको हो ।

पूर्वन्यायाधीश समाजले पनि निकास दिन आग्रह गरेको छ । न्यायपालिकाको वर्तमान स्थिति विश्लेषण’ पत्र सार्वजनिक गर्दै पूर्वन्यायाधीशहरुले न्यायपालिकाको स्वतन्त्रता र गरिमाको लागि निकास दिन प्रधानन्यायाधीश जबरालाई आग्रह गरेका हुन् । उनीहरुले न्यायपालिकाको पक्षमा उदारता देखाएर जबराले मार्गप्रशस्त नगरे संवैधानिक कर्तव्य पूरा गर्न प्रतिनिधि सभालाई आह्वान गरेका छन् ।

जबराको स्वार्थ जोडिएको भनिएका संवैधानिक निकायमा भएका नियुक्तिविरुद्धका निवेदनमा ११ महिनासम्म पनि सुनुवाइ नगरेर ‘सर्वोच्च अदालतको स्वच्छतामाथि गम्भीर प्रश्न खडा गरेको र विश्वसनीयता घटाएको’ पूर्वन्यायाधीशहरूको ठहर छ ।

 


Thali Mobile Pvt.Ltd.