काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सरकारलाई पूर्णता दिनेबारे प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच शनिबार भेटवार्ता भएको हो । भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको जनाइएको छ ।
लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन् । सरकार विस्तारका लागि तारन्तर भेटवार्ता भइरहेको छ ।

