प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण

प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण

भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन स्कूल अफ कम्प्युटर इन्सिच्युटले सञ्चालन गरेका भिडियोग्राफी, फोटोग्राफी, वेभ पेज डिजाइन, अकाउन्टिं प्याकेजलगायत विभिन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

प्रमाणपत्र वितरण गर्दै नगर प्रमुख प्रजापतिले नयाँ नयाँ प्रविधिको प्रयोगबाट नयाँ जीवनउपयोगी सीपन र ज्ञान सिक्ने अवसर प्राप्त भएको बताए । कानुनको अज्ञानता क्षम्य नहुने बताउदै उनले फोटोग्राफी आफैमा निकै महत्वपूर्ण पेशा भएको र औचित्यपूर्ण र अर्थपूर्ण फोटोग्राफीले व्यक्तिलाई सफलता हासिल गर्न मद्दत पुर्याउने बताए ।

नगर प्रमुख प्रजापतिले फोटोग्राफी र भिडियोग्राफी निकै संवेदनशील विषय भएको हुँदा जथाभावी फोटो खिच्ने, भिडियो खिच्ने प्रवृत्तिले साइबर अपराधको संख्या बढाइरहेको बताए । आफ्नो ज्ञान र सीपको प्रयोग जिम्मेवारीपूर्वक प्रयोग गर्न मार्गनिर्देश दिदै कार्यक्रममा उपस्थिति प्रशिक्षार्थीहरुलाई व्यक्तिकेन्द्रित प्रवृत्तिले समाज र देशलाई फाइदा हुने बताए ।

आफ्नो ज्ञान र सीप समाज केन्द्रित ढंगले अगाडि बढाउन प्रेरित गर्दै आफ्नो पेशामा सफल बन्न इमानदारिता, अनुशासन र नैतिकताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.