भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

अन्तर नगर बुद्धिचाल तथा टेनिस प्रतियोगिता

अन्तर नगर बुद्धिचाल तथा टेनिस प्रतियोगिता

भक्तपुर । नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिताको भक्तपुरमा सुरु भएको छ ।

जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं, ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन् । जसमा ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टीमले सुपको गोदावरी नपालाई ४—० ले पराजित गरे ।

काठमाण्डौंले तारकेश्वर नपालाई साढे तीनका विरुद्ध आधा अंकले हराए । काठमाण्डौका लागि केशव श्रेष्ठ, नबिन तण्डुकार र राजेन्द्र बज्राचार्यले जीतेका थिए भने रिजेन्द्र राजभण्डारीलाई १२ बर्षिय पुरुषोत्तम सिलवालले बराबरीमा रोके । यस्तै गोकर्णेश्वर नपाले पोखरा मनपालाई ३—१ ले हराउन सफल भए । गोकर्णेश्वरका पुन्यमान कर्माचार्य, जनार्दन श्रेष्ठ, भगवती शर्माले जिते भने राजभक्त कछेपति पोखराका रामबहादुर क्षेत्रीसित हारे ।

स्वीस लिग ७ राउण्डको खेल हुने प्रतियोगितामा भिमेश्वर नपाले भक्तपुरको सुर्यविनायक नपालाई ३—१ ले हराए । त्यसैगरी दमक नपाले बनेपा नपालाई ४—० ले हराएका थिए । ४ दिने प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागी छन् ।

chessत्यसैगरी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको भलिबल प्रतियोगिताको छात्रतर्फ को राउण्ड रविन (लिग)को खेलमा क्रमशः पद्म माविले वागेश्वरी माविलार्ई २५–१३, २५–२० ले, ख्वप माविले बासु माविलाई २५–२१, २५–१४ले, पद्म माविले बासु माविलाई २५–१३, २५–१२ले, ख्वप माविले बागेश्वरी माविलाई २५–१९, २५–२० ले पराजित गरेको थियो ।

भने छात्रा तर्फको राउण्ड रविन (लिग) को खेलमा क्रमशः वागेश्वरी माविले हिमालयन ग्लोरी माविलाई २५–९, २५–१४ ले, पद्म माविले ख्वप माविलाई २५–१६, २५–१७ले, पदम माविले वागेश्वरी माविलाई २५–११, २५–११ ले, ख्वप माविले हिमालयन ग्लोरीलाई २५–९, २५–८ ले पराजित गरेको थियो । भलिबल प्रतियोगितामा ४ वटा समूहको टोली मध्ये लिग चरणको बाँकी खेलहरु चैत्र १ गते विहान ८ बजेबाट छात्र तर्फ वागेश्वरी मावि र बासु मावि तथा पद्म मावि र ख्वप माविबीचको खेल हुनेछ ।

छात्रा तर्फ हिमालयन ग्लोरी मावि र पद्म मावि तथा वागेश्वरी मावि र ख्वप माविबीचको खेल हुनेछ । भलिबल प्रतियोगिताको फाइनल चैत्र १ गते दिनको १ः०० बजे हुने आयोजक समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.