भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसंग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै विपक्षमा उभिएको आफ्नो दलले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने बताए ।

सांसद सुवाले प्रतिनिधिसभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क राख्दै सरकारलाई समर्थन गर्ने दल नेपाली कांग्रेस कानुनी हिसावले र विज्ञहरूको सुझावको आधारमा पनि प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने  बताए ।

त्यस्तै  सांसद सुवालले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्दा संघीय संसदले नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्था समाप्त भयो भनेर घोषणा गर्नुपर्ने विचार व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.