भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रविधिमा अर्को छलाङ मार्दै चीनमा चल्याे ‘फाइभ जी’

प्रविधिमा अर्को छलाङ मार्दै चीनमा चल्याे ‘फाइभ जी’

काठमाडौं । प्रविधिमा अर्को छलाङ मार्दै चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेका छन् । चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् ।

यो घोषणा यस्तो बेला भएको छ, वतिबेला चीन र अमेरिकाबीच ब्यापार र प्रविधिमा टकरावको स्थिति छ । फाइभ पाँचौं जेनेशरनको मोबाइल नेटवर्क हो । यसमा इन्टरनेटको गति निकै तीव्र हुने दाबी छ । चीनले भन्दा पहिले दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्ष आफ्नो देशमा फाइभ जी सेवा सुरु गरेका थिए ।

यो सेवा हाल चीनको ५० शहरमा सुरु भएको छ, जसमा बेइजिङ र शांघाई पनि छन् । सरकारी समाचार एजेन्सी सिन्हृवाकाअनुसार पाइभ जी डेटा प्लानको मूल्य १२८ देखि ५९९ युआनसम्म छ ।

 


Thali Mobile Pvt.Ltd.