भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रविधिमा अर्को छलाङ मार्दै चीनमा चल्याे ‘फाइभ जी’

प्रविधिमा अर्को छलाङ मार्दै चीनमा चल्याे ‘फाइभ जी’

काठमाडौं । प्रविधिमा अर्को छलाङ मार्दै चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेका छन् । चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् ।

यो घोषणा यस्तो बेला भएको छ, वतिबेला चीन र अमेरिकाबीच ब्यापार र प्रविधिमा टकरावको स्थिति छ । फाइभ पाँचौं जेनेशरनको मोबाइल नेटवर्क हो । यसमा इन्टरनेटको गति निकै तीव्र हुने दाबी छ । चीनले भन्दा पहिले दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्ष आफ्नो देशमा फाइभ जी सेवा सुरु गरेका थिए ।

यो सेवा हाल चीनको ५० शहरमा सुरु भएको छ, जसमा बेइजिङ र शांघाई पनि छन् । सरकारी समाचार एजेन्सी सिन्हृवाकाअनुसार पाइभ जी डेटा प्लानको मूल्य १२८ देखि ५९९ युआनसम्म छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.