भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

अमेरिकामा नेपाली विद्यार्थीले पाए अवार्ड

अमेरिकामा नेपाली विद्यार्थीले पाए अवार्ड

न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरमा अध्ययनरत नेपाली विद्यार्थी दिपिका श्रेष्ठले सन् २०१९ को ‘एलसीयु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्राप्त गरेकी छिन् । १६० वर्षभन्दा पुरानो इतिहास रहेको द एलसीयु फन्ड फर वुमन एजुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुका लागि सहयोग हुने काम गर्दै आएकाले उक्त अवार्ड प्रदान गरेको हो ।

श्रेष्ठले विगत एक वर्षभन्दा बढी समयदेखि आफ्ना श्रीमानसँग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक पडकास्ट सञ्चालन गरिरहेकी छिन् । पडकास्टमा अमेरिकामा रहेका नेपाली र गैरनेपाली आप्रवासी युवापुस्तालाई करियर बनाउन मार्गनिर्देश गर्नेखालका कार्यक्रम बनाइन्छ ।

विभिन्न देशबाट अमेरिकामा बसाइँ सरेर आएका र यहाँ पनि आफ्नो करियरमा सफलता हासिल गरिरहेकाहरुसँग श्रेष्ठले पडकास्टमा अन्तरवार्ता लिने गर्छिन् । ‘यो पडकास्ट गर्नुको मुख्य उद्देश्य नै अमेरिकामा आउने नयाँ पुस्तालाई यहाँ पनि आफ्नो करियरलाई निरन्तरता दिन सकिन्छ भनेर प्रोत्साहन दिनु हो, ‘ श्रेष्ठले भनिन्, ‘मैले कहिल्यै पनि सोचेकी थिइनँ कि यो पडकास्टको कामलाई यहँको समाजले यसरी महत्व दिँदै आएको रहेछ’ उनले थपिन् ।

नेपालमा बीबीसी मिडिया एक्सनमा ५ वर्षभन्दा बढी सञ्चारकर्मीको रुपमा काम गरेकी श्रेष्ठ अमेरिकामा इन्टरनेशनल अफेयर्समा स्नातकोत्तर गरिरहेकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.