भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

प्रहरीको पोशाक दुरुपयोग नगर्न निर्देशन

प्रहरीको पोशाक दुरुपयोग नगर्न निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले पोशाक दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गितीक श्रव्यदृष्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचार÷प्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ ।

विज्ञप्तिमा स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ । यस किसिमका कुनै पनि कार्य भए÷गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

 


Thali Mobile Pvt.Ltd.