भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रहरीको पोशाक दुरुपयोग नगर्न निर्देशन

प्रहरीको पोशाक दुरुपयोग नगर्न निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले पोशाक दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गितीक श्रव्यदृष्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचार÷प्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ ।

विज्ञप्तिमा स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ । यस किसिमका कुनै पनि कार्य भए÷गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

 


Thali Mobile Pvt.Ltd.