भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

महोत्तरीमा गोली चल्यो, एकजना गम्भीर घाइते

महोत्तरीमा गोली चल्यो, एकजना गम्भीर घाइते

काठमाडौं । महोत्तरीमा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् । सामान्य विवादमा गोली चल्दा एकजना घाइते भएका हुन । घाइते हुनेमा श्रवण यादव रहेका छन् । रामगोपालपुर नगरपालिमा स्थानीय कौशल मण्डल र श्रवण यादवबीच भनाभनका क्रममा मण्डलले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते यादवलाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा राखिएको छ । गोली प्रहार गर्ने मण्डललाई प्रहरीले उनले प्रयोग गरेको पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यादवको कन्चट र दाहिने कुममा गोली लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.