भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

फेसबुक गेष्ट हाउसमा लगी बालिका बलात्कार गरेर भारतीयलाई बेच्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

फेसबुक गेष्ट हाउसमा लगी बालिका बलात्कार गरेर भारतीयलाई बेच्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

३ भदौ काठमाडौं । प्रेम जालमा फसाएर एक बालिकालाई बलात्कार गरी बेचबिखन गर्ने राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाइ प्रेम जालमा फसाइ बलात्कार गरेर बेचबिखन गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानिटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक बलात्कार गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।

त्यसपछि साथीमार्फत ट्याक्सी चढाइ काँकडभिट्टाबाट सीमा कटाई भारतीय एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएको खुलेको छ । भारतीयले अश्लिल भिडियो देखाउदै र रकम तिरेर किनेको भन्दै चरम यातना दिएको खुलेको र शारीरिक र मानसिक यातना दिएको पीडित बालिकाले बताएकी छिन् । बालिका पीडकको आँखा छलेर भाग्न सफल भई कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेको बताएकी छिन् ।

एक वर्षअघिको सो घटनाको अभियुक्त तामाङविरुद्ध साउन २९ मा कारवाही गरी पाउँ भनी जाहेरी परेकोपछि अर्पण भनिने राजु तामाङलाई ब्युरोको टोलीले भदौ १ गते पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.