भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अविरल वर्षाका कारण दैलेखका अधिकांश ठाउँमा पहिरो, गैरागाउँमा दुई जनाको ज्यान गयो

अविरल वर्षाका कारण दैलेखका अधिकांश ठाउँमा पहिरो, गैरागाउँमा दुई जनाको ज्यान गयो

३ साउन २०७७ गैरेगाउँ । भारी बर्षाका कारण ठाँटिकाध गाउँपालिका वडा नं. ४ (गैरागाउँ)मा गय राति गएको पहिरोमा परि दुई जनाको ज्यान गएको छ ।

पहिरोमा टीकाराम कठायतको छोरा जनक बहादुर कठायतको शव भेटिएको छ भने लोकेश कठायत अझै बेपत्ता रहेको वडाध्यक्ष रमेश सिजापतिले बताए । घटनामा राती देखि नै स्थानीयले खोजीकार्य जारी राखेका छन् । ठूलो धनजनको क्षेती भएको छ भने पहिरोमा पाँच जना घाइते भएका छन् ।

लघु विद्युत गृहको भवन सहित आठघरमा क्षेती पुगेको वडाअध्यक्ष सिजापतिले कैलाश खबरलाई बताए । अहिले प्रहरीे घटनास्थलमा पुगिसकेको र उद्धारकार्यमा जुुटिरहेको छ । विवरण आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.