भर्खरै : Sorry, your browser does not support inline SVG.

 बंगलादेशमा आयोजना हुने बिच भलिबलका लागि आठ खेलाडी छनोट

 बंगलादेशमा आयोजना हुने बिच भलिबलका लागि आठ खेलाडी छनोट

काठमाडौं । बंगलादेशमा आयोजना हुने बिच भलिबलको खुला छनोट पूरा भएको छ। नेपाल भलिबल संघले (एनभिए)ले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिसरमा रहेको कोर्टमा खुला छनोट गरेको हो ।

छनोटमा विजेता र उपविजेता भएका महिला तथा पुरुष दुवै टोलीलाई बन्द प्रशिक्षणमा राख्ने एनभिएले जनाएको छ। प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नु अघि मात्रै एक एक टोलीको टुङ्गो लाग्नेछ।

छनोटमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पहिलो भएको थियो। एपिएफ क्लबका राजकुमार निरौला र लक्ष्मण राना दोस्रो भएका थिए।

महिलातर्फ नेपाल पुलिस क्लबका कोपिला उप्रेती र कमला पुनको जोडी पहिलो भएका थिए भने एपिएफ क्लबका निरुता थगुन्ना र रेश्मा भण्डारीको जोडी दोस्रो भए।

बिच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म ढाकामा हुँदैछ । बिच भलिबलमा सहभागी हुन अफगानिस्तान, अस्ट्रेलिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.