भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बकबासपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक

बकबासपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक

२५ असार २०७७ काठमाडौं । भारतीय न्यूज च्यानलको बकबासपछि नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलको प्रसारणमा रोक लगाईएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय संचारमाध्यमले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि बन्द गरिएको हो । एमएसओहरुले स्वतःफूर्त यस्तो निर्णय लिएको नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले बताए । केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय नगरेपनि कम्पनीहरुले स्वत यो कदम चालेको उनको भनाई छ ।

भारतीय टेलिभिजन च्यानलहरूले नेपालबारे अनर्गल प्रचार गरिएपछि यो कदम चालिएको हो । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर गत वैशाख ७ मा नेपालले नयाँ नक्सा जारी गरेयता भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित अफवाह फैलाउने गरिरहेका छन् । भारतीय न्युज च्यानलको अफवाह विरुद्ध प्रसारण बन्द गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.