भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै

बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै

तम्घास । कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो । पहिरो र बीचमा ठूला ढुङ्गा अड्किएका कारण नौ दिनदेखि यातायातका साधनको आवतजावत बन्द रहेको थियो । डोजरले वा अन्य उपकरणले मात्रै पहिरो हटाउन नसकिने भएपछि सेनाले शुक्रबारबाट बम विस्फोट गरेर ढुङ्गा फुटाउने काम गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मका उपसेनानी हिक्मतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले पहिरो पन्छाउने काम गरिरहेको पौडेलले जानकारी दिए । नेपाली सेनाले बममार्फत ढुङ्गा नफोरेसम्म अरू कुनै उपाय नभएकाले सेनाका प्रक्रियाका कारण केही समय ढिला भएको उहाँको भनाइ छ । त्यो सडकबाट गुल्मीसहित बागलुङका दैनिक एक डेढ सय बढी सवारी साधन आवतजावत गर्छन् । पहिरोले सडक अवरुद्ध भएपछि बागलुङ बुर्तिबाङसम्मका ठूला गाडी तम्घास भएर गन्तव्यमा पुग्ने गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.