भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बसमा बम हमला गरी सातको हत्या

बसमा बम हमला गरी सातको हत्या

हेरात । अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । त्यस विस्फोटमा परेर ज्यान जानेमा चार जना महिला पनि रहेका छन् । यहाँका प्रान्तीय प्रहरी अधिकारीले सो दुर्घटनामा परेर सात जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार घटनामा अरु नौ जना घाइते पनि भएका छन् । घाइतेहरु जलेको अवस्थामा छन् र उनीहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । बस गुडिरहेको या रोकीराखेको अवस्थामा थियो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

तर शनिबार साँझ एक मिनीबसमा बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले पनि लिएको छैन । अफगानिस्तानको हेरात इरानसँग सीमा जोडिएको सहर हो । तालिबानी विद्रोहका समयमा पनि निकै हिंसाग्रस्त यो सहर अफगानिस्तानको तेस्रो ठूलो सहर हो । अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ हत्या, हिंसा र विस्फोटका घटनामा भने कमी आएको छ । तर पनि यहाँ मानवीय संकटको अवस्था सिर्जना भएका विवरणहरु भने प्रतिदिन आइरहेका बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.