५ जेठ २०७७, सुर्खेत । भारतलगायत विभिन्न ठाउँमा अलपत्र कर्णाली प्रदेशमा प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने कर्णाली प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई र छिन्चुमा अवलोकन समेत गरेको छ । ठाउँको अवलोकनपश्चात् स्क्रिनिङ सेन्टर स्थापनाका लागि छिन्चु चयन गरिएको प्रदेश सरकारका कानूनमन्त्री नरेश भण्डारीले बताए ।
अलपत्र परेर कर्णाली प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै जोखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ सेन्टर स्थापना गर्न थालिएको उनको भनाई छ ।
सामाजिक विकासमन्त्री दल रावल, आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी लगायत सुरक्षा निकायका प्रमुखको टोलीले अनुगमन गरेर भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरुपमा अगाडि बढाऐको बताए ।

