भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

बाइडेन– सी बैठकको तयारीः अपेक्षा अनेक–सम्भावना कम

बाइडेन– सी बैठकको तयारीः अपेक्षा अनेक–सम्भावना कम

वाशिंगटन, । हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा सँगै चाउचाउ खाएर विश्वलाई नयाँ सन्देश दिन खोजेका छन्।

तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यका बारेमा गम्भीर छलफल गरेका छन् । उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्ने बारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन्। असल परराष्ट्र नीति बलियो व्यक्तिगत सम्बन्ध निर्माणबाट शुरु हुन्छ भन्ने बाइडेनको हृदयदेखिको विश्वासको प्रमाणका रूपमा अमेरिकी राष्ट्रपतिले चिनिया समकक्षी सीसँगको सम्बन्ध कायम राख्नुभएको बताइएको छ ।

दुई नेताहरूले सोमबार राष्ट्रपतिको रूपमा पहिलो बैठक बस्ने तयारी गरिरहँदा समस्याग्रस्त अमेरिका–चीन सम्बन्ध कसरी अगाडि बढ्छ र बाइडेनको राजनीतिज्ञ छवि कसरी प्रस्तु हुन्छ भन्ने विशेष चासोको रूपमा हेरिएको छ ।जब यो अमेरिका–चीन सम्बन्धको कुरा आउँछ यसका बीचमा खाडलहरू यति ठूला छन् र प्रवृत्तिगत रेखाहरू यति समस्याग्रस्त छन् ताकि व्यक्तिगत सम्बन्धले मात्र यसलाई कसरी पर्गेल्न सक्छ चासोको विषय छ म्याथ्यू गुडम्यान जो राष्ट्रिय सुरक्षा परिषद्मा एशिया सल्लाहकारको रूपमा बुश र ओबामा प्रशासन काम गरेका थिए उनको टिप्पणी छ ।

हाल द्वीदेशीय सम्बन्ध चीसो हुँदै गएको आभाष भइरहेको छ यद्यपि ती पुराना साथीहरू अहिले देशको प्रमुख कार्यकारी भएका छन् । ह्वाइट हाउसका अधिकारीहरूले सोमबारको भर्चुअल बैठकको लागि कम अपेक्षाहरू राखेका छन् । कुनै ठूलो महत्त्वका घोषणाहरू अपेक्षित छैनन् । उनीहरूका अनुसार अन्तमा दुई नेता द्वारा परम्परागत संयुक्त वक्तव्य जारी हुनसक्ने सम्भावना छ ।

 


Thali Mobile Pvt.Ltd.