भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाइडेन– सी बैठकको तयारीः अपेक्षा अनेक–सम्भावना कम

बाइडेन– सी बैठकको तयारीः अपेक्षा अनेक–सम्भावना कम

वाशिंगटन, । हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा सँगै चाउचाउ खाएर विश्वलाई नयाँ सन्देश दिन खोजेका छन्।

तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यका बारेमा गम्भीर छलफल गरेका छन् । उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्ने बारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन्। असल परराष्ट्र नीति बलियो व्यक्तिगत सम्बन्ध निर्माणबाट शुरु हुन्छ भन्ने बाइडेनको हृदयदेखिको विश्वासको प्रमाणका रूपमा अमेरिकी राष्ट्रपतिले चिनिया समकक्षी सीसँगको सम्बन्ध कायम राख्नुभएको बताइएको छ ।

दुई नेताहरूले सोमबार राष्ट्रपतिको रूपमा पहिलो बैठक बस्ने तयारी गरिरहँदा समस्याग्रस्त अमेरिका–चीन सम्बन्ध कसरी अगाडि बढ्छ र बाइडेनको राजनीतिज्ञ छवि कसरी प्रस्तु हुन्छ भन्ने विशेष चासोको रूपमा हेरिएको छ ।जब यो अमेरिका–चीन सम्बन्धको कुरा आउँछ यसका बीचमा खाडलहरू यति ठूला छन् र प्रवृत्तिगत रेखाहरू यति समस्याग्रस्त छन् ताकि व्यक्तिगत सम्बन्धले मात्र यसलाई कसरी पर्गेल्न सक्छ चासोको विषय छ म्याथ्यू गुडम्यान जो राष्ट्रिय सुरक्षा परिषद्मा एशिया सल्लाहकारको रूपमा बुश र ओबामा प्रशासन काम गरेका थिए उनको टिप्पणी छ ।

हाल द्वीदेशीय सम्बन्ध चीसो हुँदै गएको आभाष भइरहेको छ यद्यपि ती पुराना साथीहरू अहिले देशको प्रमुख कार्यकारी भएका छन् । ह्वाइट हाउसका अधिकारीहरूले सोमबारको भर्चुअल बैठकको लागि कम अपेक्षाहरू राखेका छन् । कुनै ठूलो महत्त्वका घोषणाहरू अपेक्षित छैनन् । उनीहरूका अनुसार अन्तमा दुई नेता द्वारा परम्परागत संयुक्त वक्तव्य जारी हुनसक्ने सम्भावना छ ।

 


Thali Mobile Pvt.Ltd.